Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिवरात्रीमा पशुपतिनाथमा ४ हजार प्रहरी खटाइए, ड्रोनबाट पनि निगरानी


    शुक्रबार, फाल्गुन २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा ब्यवस्था कडा पारिएको छ । पशुपति क्षेत्रको सुरक्षाका लागि ४ हजार ४९ प्रहरी परिचालन गरिने गरिएको छ ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रि लक्षित सुरक्षा योजना तयार गरेको हो । दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरु बिहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिनेछन् ।

    महाशिवरात्रि पर्वमा स्वदेशी तथा विदेशी भक्तजनको अत्यधिक भीड हुने भएकाले सवारी व्यवस्थापनका लागि ५ सय ८३ ट्राफिक प्रहरीसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए ।

    सुरक्षा योजनामा ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन र जिल्ला प्रहरी परिसर, काठमाडौँबाट प्रहरी परिचालन हुनेछन् ।

    प्रवक्ता मैनालीले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्था प्रभावकारी बनाई सो क्षेत्रमा हुने सवारी व्यवस्थापनसमेत सहज बनाइन आवश्यक तयारी भएको जानकारी दिए ।  सुरक्षा योजनाको नेतृत्व प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार