Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सञ्जालको माध्यमबाट ५० लाख ठगी गर्ने चार जना प्रहरीको फन्दामा


    आइतबार, फाल्गुन २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर ठगी गर्ने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली महंगा मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह, बारा कलैया उपमहानगर–११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवा राम र पर्सा बीरगंज–१५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनार रहेका छन् ।

    सामाजिक सञ्जाल फेसबुक, इमो, भाइबर, टिकटक र इन्स्टाग्राम लगायत एप प्रयोग गरी विभिन्न अकाउन्ट खोलेर फ्रेन्ड रिक्वेस्ट पठाउने र जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरु सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार