Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


    शनिबार, चैत्र ९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन ।

    प्रहरीका अनुसार  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका–६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार