Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी गर्ने खड्का पक्राउ


    शुक्रबार, जेष्ठ ९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन् । काठमाडौं-१६ नयाँ बसपार्क बस्दै आएका खड्कालाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

    खड्काले सोही ठाउँका एक युवाबाट ५५ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए। लाखौं तलब हुने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि ती युवा प्रहरीमा पुगेका थिए ।

    जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार