Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सीसीटीभी तोडफोड गरी जडिबुटी उद्योगमा आगो लगाउने तामाङ पक्राउ


    सोमबार, चैत्र २५ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गएको चैत १५ गते दुर्गा प्रसाईले आयोजना गरेको कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’को पहिचान गरी प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जडिबुटीमा आगो लगाउने गोपाल तामाङलाई पक्राउ गरेको हो । सीसीटीभी र भीडीओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् । उनले जडीबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ ।

    उनैले जडीबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार