Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मधेश प्रदेशका डीआईजी असुलीधन्दामा, मुख्यालयले सरुवा गरेका र राजीनामा दिएकालाई घुमुवाका रुपमा परिचालन


    शनिबार, फाल्गुन १९ २०८०
    4.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले १ हप्ताअघि मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतका बिभिन्न जिल्लामा लामो समय काम गरेका सादा पोशाकका १० घुमुवालाई पहाडी जिल्लामा काज सरुवा गरेका थिए । तर काज सरुवा गरिएकामध्येका घुमुवालाई डीआईजी यज्ञविनोद पोखरेलले रमाना नदिएर घुमुवाका रुपमा परिचालन गरेको आरोप छ ।

    जुनियर अधिकृतदेखि सिपाही हवल्दार गरी मधेशबाट सरुवा गरिएकाहरुमध्ये ८ जना काज खटाएको स्थानमा गइसकेका छन् । असई श्याम साह सोनारले पहाडी जिल्लामा काज गरेपछि राजीनामा दिइसकेका छन् । बरिष्ठ हवल्दार अजय पटेललाई मधेश प्रदेशका डीआईजी  पोखरेलले नै रमाना नदिई बारा र पर्साको घुमुवाका रुपमा अतिरिक्त कमाईका लागि खटाएका छन् । पटेलको सरुवा सोलुखुम्बुमा भएको छ । उनलाई सोलुखुम्बु नगई आईजीपीको सरुवालाई चुनौती दिएर बारा पर्सामा डीआईजीका लागि भन्सारछली सामान ओसारपसार गर्नेहरुसँग डिलमा परिचालित छन् । डीआईजी पोखरेल अहिले निरीक्षणका क्रममा बारा र पर्सामै छन् । पटेल पनि त्यहीँ घुमुवा छन् ।

    उनले प्रहरीको जागिरबाट राजीनामा दिएका पूर्व हवल्दार शिव मण्डललाई बिचौलियाको रुपमा राखेका छन् । सर्वेन्द्र खनाल आईजीपी हुँदा प्रहरी प्रधान कार्यालयबाटै मधेश प्रदेशका ८ जिल्लामा तत्कालीन सई कृष्णदेवप्रसाद साहको कमाण्डमा घुमुवा टोली खटाएका थिए । त्यही टोलीमा थिए, हवल्दार शिव मण्डल । त्यतिबेला मधेश प्रदेशका डीआईजी थिए धिरजप्रताप सिंह र एसएसपी यज्ञविनोद पोखरेल नै थिए । त्यतिबेलादेखि नै पोखरेलसँग मण्डल निकट भएका थिए । कृष्णदेव साहको घुमुवा टोली विवादमा परेपछि हवल्दार मण्डलको सरुवा कोशी प्रदेश अन्तर्गतको पहडी जिल्लामा भएको थियो ।

    पहाडी जिल्लामा सरुवा भएपछि मण्डलले राजीनामा दिए । पोखरेल डीआईजी भएर जानासाथ उनको प्रदेश प्रहरी कार्यालयमा आउजाउ बाक्लो हुन थालेको छ । प्रदेश प्रहरी कार्यालय अन्तर्गत कुन जिल्लामा कुन घुमुवा राख्ने, आफूसँग काम गरेकाहरु को को छन्, उनीहरुलाई खटाउनका लागि डीआईजीसँग छलफल गर्नेदेखि लिएर ब्यापारीहरुसँग भेट गराउन तल्लीन हुन थालेको स्रोतले बताएको छ ।

    कनिष्ट भए पनि जागिर अवधि एक बर्षमात्र भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयकी हर्ताकर्ता सुसन कर्माचार्यसँग सेटिङ मिलाएर मधेश प्रदेशको डीआईजीमा सरुवा मिलाउन सफल भएका यज्ञविनोद पोखरेलले राजीनामा दिएका र सरुवा भएकालाई रमाना नदिई कमाउधन्दालाई तेजीका साथ अगाडि बढाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार