Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संभारमा पदस्थापन नहुँदै ठेकेदारसँग भेटघाटः सेनाको खरिद कसरी पारदर्शी होला ?


    शुक्रबार, फाल्गुन १८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका तीनजना सहायक रथीको उपरथीमा बढुवासँगै पदस्थापन भएको छ । मन्त्रिपरिषद्को ६ फागुनको निर्णय अनुसार सैनिक मुख्यालय जंगी अड्डाले सहायक रथीहरू अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउजालाई बढुवा सिफारिस गरेको थियो । सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा उनीहरूको बढुवा गरेको हो ।

    बढुवा भएका उपरथीहरुले आइतबार दज्र्यानी चिह्न लगाएका थिए । उपरथीमा बढुवा भएका श्रेष्ठ मध्यपश्चिम पृतनापति, देउजा सम्भाररथी विभाग र थापालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

    नेपालफेसले गएको फागुन ७ गते देउजालाई संभाररथी विभागमा पदस्थापन गर्न ठेकेदारहरु समेत लागेको समाचार लेखेको थियो । जुन कुरा उनको संभाररथीमा पदस्थापनसँगै पुष्टि भएको छ । देउजा यसअघि संभाररथी विभागमा ट्वाइसी थिए । संभाररथीमै कार्यरत उनलाई बढुवापछि प्रमुखमा त्यहीँ पदस्थापन गरिएको छ । संभारथी विभागको प्रमुखबाट खरिदकाण्डमा परी सरुवा भएका र हाल हेटौंडामा कार्यरत उपरथी प्रदीपजंग केसीले नै देउजालाई प्रमुख बनाउनका लागि भूमिका खेलेको स्रोत बताउँछ ।

    बढुवा सिफारिसमा पर्नासाथ उपरथी केसीले नै देउजालाई ठेकेदार राजमान मिश्रसँग भेट गराइदिएका थिए । बढुवा हुनुअघि नै ठेकेदारसँग भेट गर्दै हिंड्ने देउजालाई आगामी भदौमा अवकाश हुन लागेका सेनापति प्रभ्ुराम शर्माले संभाररथीमै पदस्थापन गरेका छन् ।

    संभाररथीमा ट्वाइसी हुँदै ठेकेदारसँग सेटिङ गरेको आरोप लागेका उनलाई सेनापति शर्माले त्यहीँ पदस्थापन गरेपछि सेनाभित्रको खरिद कसरी पारदर्शी र निष्पक्ष हुन्छ भन्ने प्रश्न उठेको छ । यस्तो बिषयमा अवकाशको मुखमा रहेका सेनापतिले किन बिचार नगरी देउजालाई संभारमा पदस्थापन गरेका छन् ।  संभाररथी विभागका निवर्तमान प्रमुख उपरथी बिष्णु राउत सज्जन प्रकृतिका भएकाले ट्वाइसी रहँदा देउजा नै खरिद प्रक्रियामा हावी हुने गरेका थिए ।

    सेनाको संभाररथी विभागले आवश्यक सामानको खरिद गर्ने भएकाले त्यहाँको प्रमुख हुन निकै दौडधूप हुने गरेको छ । देउजाले गतबर्ष ट्वाइसी भएर पनि खरिदमा तर मारेको र आँउदो बर्षको ठेक्का पनि उनले नै गर्नेछन् ।

    सहायकरथीमा संभारमै कार्यरत रहेका देउजालाई उपरथी बढुवापछि त्यहँी पदस्थापन गराउन सफल भएको भन्दै ठेकेदार मिश्र र उनका पाटर्नर जलेश्वर पौडेलले खुसी बाँड्दै हिंडिरहेको स्रोतले बताएको छ । जलेश्वर पौडेलकै सेटिङमा मिश्रले देउजालाई भेटेका थिए । मिश्रको कम्पनी गोर्खा ह्याट बुझाउन नसकेर कालोसूचीमा परेपछि उनको सेनामा सम्बन्ध राम्रो थिएन । पौडेलले नै राम्रो बनाइदिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार