काठमाडौं । औद्योगिक ब्यवसाय विकास प्रतिष्ठानले स्थापनापछि आधा दर्जन कार्यकारी निर्देशक पाइसकेको छ । जन्मिदा उत्साहका साथ जन्मिएको संस्थालाई अधोगतिमा पुर्याउनेमा पूर्वकार्यकारी निर्देशक र उद्योग मन्त्रालयको नेतृत्वको अहम् भूमिका रहेको छ ।
प्रतिष्ठानको पहिलो कार्यकारी निर्देशकका रुपमा डा. निर्मलकुमार बिष्ट, दोस्रोमा डा. चिरन्जीवी नेपाल हुँदै बाबुराम रानाभाट, लक्ष्मण भट्टराई, अमिन्द्रबहादुर श्रेष्ठ र हाल उमेशकुमार गुप्ता कार्यरत छन् । चिरन्जीवी नेपाल प्रतिष्ठानको कर्मचारी हुँदै कार्यकारी निर्देशक नियुक्त भएका थिए । कांग्रेसमा सधैं लाभको पदमा पुग्ने नेपाल राष्ट्रबैंकको गभर्नर समेत भए । नेपाल पद नभई बस्नै नसक्ने स्वभावका कांग्रेसी अर्थविदका रुपमा चिनिन्छन् ।
राष्ट्रबैंकको गभर्नर भइसकेका उनी हाल राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार छन् । कांग्रेसमा ६ पटक अर्थमन्त्री भइसकेका डा. रामशरण महतपछिको अर्थविद्का रुपमा लाभ लिनेमा नेपाल पर्दछन् । उनले कर्मचारी हुँदै नेतृत्व लिएको प्रतिष्ठान अधोगतितिर जाँदा पनि गभर्नर भएको समयमा उनको दृष्टि पुग्न सकेन ।
उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने र उद्यमी बनाउने पवित्र उद्देश्य राखेर स्थापना गरिएको प्रतिष्ठानलाई मृत्युशैयामा पुर्याउने कार्यमा नेपाल पनि उत्तिकै जिम्मेवार छन् । त्यसपछिका कार्यकारी निर्देशक बाबुराम रानाभाट र लक्ष्मण भट्टराईका पालामा संस्था थला परेको हो । त्यसभन्दा अगाडि कमाएर र दाताहरुले दिएको अनुदान सहयोगमा संचालन हुँदै आएको प्रतिष्ठानलाई तत्कालीन उद्योग मन्त्रालयका सचिव भोला चालिसेको भूमिका रहेको जानकारहरु बताउँछन् । प्रतिष्ठानलाई धरासायी पार्न उही प्रकृतिका संस्था खोलेर दाताहरुलाई आफ्नो निहीत स्वार्थका लागि त्यहाँ लगानी प्रेरित गरेपछि प्रतिष्ठानको आम्दानी सुक्दै गयो ।
प्रतिष्ठानमा काम गर्दै निजी संस्था खोलेर लाभ लिएको थाहा पाएपछि कर्मचारीको रुपमा कार्यरत रहँदै बाबुराम रानाभाट, सनद राजभण्डारी, कृष्ण नेपाल लगायत ६ जनालाई संस्थाबाटै बिदा गरिएको सम्झनेहरु अझै छन् । रानाभाट कर्मचारीबाट बिदा भएको केही समयपछि प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त भए । उनी कार्यकारी निर्देशक भएपछि प्रतिष्ठानलाई अधोगतिमा लानका लागि कर्मचारी हुँदै आफ्नो नेतृत्वमा खोलिएको स्टार्ट एण्ड इम्प्रुभ योर बिजनेश(एसआईवाईबी नेपाल) नामक संस्थाको भूमिका छ । उनी प्रतिष्ठानलाई भन्दा एसआईवाईबी नेपालको उन्नतिमा लागेका थिए । प्रतिष्ठानका दाताहरुलाई आफ्नो संस्थामा केन्द्रित गर्दा सरकारी स्वामित्वको संस्था धरासायी हुने क्रमको सुरुवात भएको थियो ।
रानाभाटसँगै प्रतिष्ठान डुबाउने पूर्वकर्मचारीहरु सनद राजभण्डारी, कृष्ण नेपाल र अमिर लामा, गोकुल प्याकुरेल, राजन केसी एसआईवाईबी नेपाल खोलेर विदेशी अनुदान खाइरहेका छन् । सरकारी स्वामित्वको प्रतिष्ठानमा जागिर खाएर त्यो संस्था डुबाएर सोही प्रकृतिको निजी लगानीमा संस्थामार्फत् उद्यमी बनाउने नाममा महंगो शुल्क असुल्ने काम भइरहेको छ । प्रतिष्ठानलाई डुबाउनेमा उद्योग मन्त्रालयको नेतृत्व पनि उत्तिकै जिम्मेवार छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend