काठमाडौं । लमजुङ, धनुषा र नवलपरासी पूर्वबाट २३ जुवाडे पक्राउ परेका छन्। चाडवाडको समयमा जुवा तथा तास खेलिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लमजुङस्थित मध्यनेपाल नगरपालिका-१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका-९ का ५० वर्षीय रामबहादुर गुरुङलगायत १३ जना जुवाडे पक्राउ परेका छन।
मंगलबार दिउँसो उनीहरूलाई ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ, ३ गड्डी तास र ३ सय १५ पत्ती खुल्ला ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त फर्ममा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगदसहित फेला पारेको हो।
धनुषा, जनकपुर उपमहानगरपालिका-२ का बेचु ठाकुरको घरमा तास खेलिरहको अवस्थामा सोही उपमहानगरपालिका-११ का ५ वर्षीय सुशील साहलगायत दुई जना पक्राउ परेका छन्। १ लाख ४५ हजार ४ सय ३० रुपैयाँ र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।