Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित ८ जनाको कन्ट्याक्ट ट्रेसिङ, नयाँ संक्रमित भेटिएनन्


    बुधबार, चैत्र २६ २०७६
    1.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ चैत ।

    कोरोना  भाइरसबाट संक्रमित भई विभिन्न अस्पतालमा उपचाररत आठ जनाको कन्ट्याक्ट ट्रेसिङ पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा कोरोना संक्रमित आठ जनाकै कन्ट्याक्ट ट्रेसिङ सकिएको जानकारी दिएका छन् । 

    धनगढीमा दुई, बागलुङमा दुई र टेकु अस्पतालमा रहेका दुई गरी आठ संक्रमित केसहरुको डब्लुुएचओको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भइसकेको देवकोटाले जानकारी दिए । 
    नेपालमा हालसम्म दुई हजार ३६६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन् ।

    देवकोटाका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र एक हजार ९६५ जनाको र उपत्यका बाहिर ४०१ जनाको कोरोना भाइरस परीक्षण भएको छ । उपत्यका र उपत्यका बाहिर गरी दुई हजार ३६६ जनाको परीक्षण भएको हो । मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरेको पनि देवकोटाले बताएका छन् ।

    नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भइसकेका छन् । अस्पतालमा उपचाररत आठ जनाको अवस्था पनि सामान्य रहेको डा। देवकोटाले जानकारी दिएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार