Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रकै हुन्छ: जनार्दन शर्मा


    सोमबार, फाल्गुन १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले हालसम्म गठबन्धन दलहरुका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको स्पष्ट पारे । उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रियसभा अध्यक्ष आफूहरुकै हुने बताए ।

    ‘राष्ट्रियसभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ रु संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन’ शर्माले भने, ‘ठूलो दलले दाबी नगरे कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’

    सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार