Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीका नेता जनार्दन शर्माको फेसबुक ह्याक


    शुक्रबार, भाद्र ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । उनको ‘जनार्दन शर्मा प्रभाकर’ नामको फेसबुक पेज ह्याक भएको हो ।

    उक्त पेज केही दिनदेखि ह्याक भएको उल्लेख गर्दै उनले ह्याकरद्वारा असान्दर्भिक पोस्टहरु हुन थालेको बताएका छन् । उनले पेजलाई आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली प्रयासरत रहेको जानकारी दिए । साथै यसमा सचेत रहन उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार