Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्टीङअपरेशनको सत्यतथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा


    मंगलबार, बैशाख १८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व अर्थमन्त्री जनार्दन शर्माले स्टीङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनतासामु ल्याउन जरुरी रहेको बताएका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विनानै कुनै संस्था या ब्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन् ।

    उनले भनेका छन्-

    सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आएका “डार्क फाईल” समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टीङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विनानै कुनै संस्था / ब्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार