Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्पपछिको पुनर्निर्माण काममा ढिलाइ भयोः जनार्दन शर्मा


    शनिबार, माघ ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माण काममा ढिलाइ भइसकेको बताएका छन्। भूकम्प प्रभावित क्षेत्र चौरजहारी नगरपालिकाकाबासीसँग आज अन्तरक्रिया गर्दै शर्माले यस्तो बताएका हुन् ।

    सरकारले तत्काल पुनर्निर्माण मापदण्ड ल्याइनुपर्ने उनको भनाइ छ । शर्माले केही दिनयता भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमका पालिकाहरूमा पुगेर भूकम्पपछिको पुनर्निर्माणका सन्दर्भमा जनताहरूसँग अन्तरक्रिया गरिरहेका छन् ।

    पूर्व अर्थमन्त्री समेत रहेका शर्माले पोख्रेललाई पुनर्निर्माण विषयमा चाँडो अग्रसरता देखाउन आग्रह पनि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार