काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
गत २१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।
ब्युरोका एक अधिकृतले गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको बताए । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको भनाइ छ ।
गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने अधिकृतहरु बताउँछन् । उनको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरु बताउँछन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend