काठमाडौं । उद्योग विभागमा महानिर्देशक फेरिइसकेपछि पनि अपेक्षाकृत सुधार आउन सकेको छैन । अहिले पनि विभागले सोचे अनुसारको गति लिन नसक्नुमा निर्देशकहरुको फाइल जाम गर्ने प्रवृत्तिलाई मुख्य कारण मानिएको छ । फाइल अड्काउनेमा मुख्यतया अनुमति शाखाका निर्देशक मनोज रेग्मी देखिएका छन् । आफ्नो सरुवाको संकेत पाएलगत्तै यसअघिका महानिर्देशक बाबुराम गौतमले मनोज रेग्मीलाई अनुमति शाखामा सरुवा गरेका थिए । गौतम विभागको महानिर्देशक हुँदा उनका प्रमुख सल्लाहकार र सहयोगीको भूमिका खेलेका रेग्मीलाई ८ महिनासम्म ट्रेडमार्क शाखाबाट अनुमति शाखामा ल्याउन आवश्यक ठानेनन् ।
जानकारहरु भन्छन्–जागिरे पृष्ठभूमि राजस्व समूह नै भएकाले दुबैबीच घनिष्ट सम्बन्ध थियो । गौतमकै जोडबलमा उनलाई बिभागमा ल्याइएको थियो । बिभाग आएपछि उनैले रेग्मीलाई ट्रेडमार्कको जिम्मा दिएका ह्ुन् । महानिर्देशकसँग फाइलका सन्दर्भमा प्रत्यक्ष नजोडिने भएका कारण रेग्मीलाई ट्रेडमार्कको जिम्मा दिई उपसचिव हरि पँगेनीलाई अनुमति शाखामा लगिएको थियो ।
अनुमति शाखा र महानिर्देशकबीच प्रत्यक्ष लिंक हुनुपर्छ । आफू हुन्जेल अप्ठ्यारा रेग्मीलाई ट्रृेडमार्कमा थन्क्याएर हिंड्ने बेलामा पुरस्कृत गरेजसरी रेग्मीलाई अनुमतिको जिम्मा दिएपछि अहिले त्यस शाखाका कर्मचारीहरु हायलकायल छन् । उनी यति अप्ठ्यारा थिए भन्ने कुरा उनको सरुवा ट्रेडमार्कबाट अनुमतिमा भएपछि केही कानुन ब्यवसायीहरुले खुसीमा भोज खाएको नजीरले पनि पुष्टि गर्दछ । स्रोतका अनुसार रेग्मी अनुमतिमा गएको सूचना पाएपछि ट्रेडमार्कसम्बन्धी फाइल बोक्ने कानुन ब्यवसायीहरुले एकआपसमा खुसी साट्न भोज खाएका थिए । उनै रेग्मी अहिले अनुमति शाखाका कर्मचारी र सेवाग्राहीका लागि टाउको दुखाईका बिषय बन्न पुगेका छन् ।
हरेक फाइलका कमा र पूर्णबिराम समेत हेर्न बाँकी नराख्ने रेग्मीले उद्योगीलाई अनावश्यक कागजपत्र माग गर्ने, कार्यकक्षमा गुनासो राख्न अवसर नदिने, हरेक बिषयलाई नकारात्मक नजरले मात्र हेर्ने गरेको गुनासो अहिले उद्योग मन्त्रालयमा सम्म पुगेको छ । उनका विश्वासपात्र शाखा अधिकृत बसन्तबहादुर खत्रीसमेत रेग्मीको कार्यशैलीप्रति दिक्क छन् । अनुमतिमा रेग्मीलाई ल्याउनका लागि दिलोज्यान दिएर लागेका खत्री उनलाई ल्याएपछि टाउको कन्याउँदै समस्या आफैंले बोकेर ल्याएको महसुस गर्न थालेका छन् । उनी पनि रेग्मीबाट गाली खानेमा परिसकेका छन् । रेग्मी रहिरहे आफैैं बाहिरिने तयारीमा रहेका खत्री सहकर्मीहरुमाझ अहिले ट्रेडमार्क शाखा नै ठीक थियो भन्न थालेका छन् ।
तत्कालीन निर्देशक हरि पँगेनीलाई गुमराहमा राखेर ठूला सेटिङका फाइल टुंग्याइसकेका खत्रीले रेग्मी आएपछि लाइन मिलाउन सकेका छैनन् । रेग्मी यति अब्यवहारिक देखिएका छन् कि समस्या समाधान गर्ने भन्दा जेरी बनाएर झन् दुःख दिने काम गर्दैआएका छन् । अहिले अनुमति शाखा रेग्मीकै कारण ‘काम’ गर्ने शाखा भन्दा ‘फाइल जाम’ गर्ने शाखाका रुपमा चिनिन थालेको छ । दर्जनौं फाइलहरु निर्णयको पर्खाइमा हुँदा उद्योग बिस्तारमा समेत उद्योगीहरु हतोत्साही बन्न थालेका छन् । अहिले सेवाग्राही र कर्मचारीहरु भन्ने गर्दछन्–रेग्मीभन्दा त सयौं गुणा सकारात्मक र ब्यवहारिक पँगेनी थिए । निर्देशक रेग्मी सचिव, मन्त्री, प्रधानमन्त्री जहाँबाट दबाब दिए पनि आफूलाई चित्त नबुझे काम नगर्ने सगौरव घोेषणा गर्दछन् ।
पँगेनीलाई १७ महिनामै मन्त्रालय सरुवा गराएर हिंड्ने बेलामा रेग्मीलाई अनुमति शाखाको निर्देशक बनाएका गौतमले बिभागमा हुँदा कामै नगर्ने छवि बनाएर बिदा भएका थिए । ट्रेडमार्कका १ हजार ५सय मुद्दामा उनको कार्यकालमा ३० भन्दा बढी फैसला भएनन् । अधिकांश समय छलफल र मन्त्री सचिव भेटघाटमै बिताएका गौतमले उद्योग बिभागको कार्यक्षेत्रलाई संकुचित बनाउने काम गरेको आरोप छ । सरकारले बैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेको छ । उद्योग संचालनका लागि बैदेशिक लगानी भित्र्याई रोजगारी र अर्थतन्त्र मजबुद बनाउने लगानी सम्मेलनको मुख्य उद्देश्य हो । तर उद्योग दर्तादेखि, क्षमता,पूँजी बृद्धि जस्ता कामको सम्पादन गर्ने अधिकार पाएको बिभागको अनुमति शाखाको नेतृत्व नै अब्यवहारिक र नकारात्मक हुँदा करोडौं लगानी गरेर सम्मेलन गर्नुको के औचित्य ?
उद्योग सचिव मुकुन्द निरौला मन्त्री रिजालका निजी सचिव मातृका आचार्यका समेत निकट रहेका रेग्मीको अहंकारका बारेमा मन्त्रालयको नेतृत्व जानकार छ । तर हरेक कुरालाई बुझ्दै नबुझी जे पनि हुन्छ भन्ने हस् प्रवृत्तिका निरौलाको स्वभाव र मन्त्री रिजालको अकर्मन्यताका कारण रेग्मी जस्ताले विभागमा जति दुःख दिए पनि त्यसको तत्काल सुनुवाइ होला भनेर कल्पना गर्न कठिन छ ।
उद्योग मन्त्रालयले केही दिनअघि गरेको सरुवामा औद्योगिक प्रबद्र्धन महाशाखाका उपसचिव प्रकाश आचार्यलाई कम्पनी रजिष्टार कार्यालय, अनुषा कोइरालालाई बाणिज्य विभागमा सरुवा गरिएको छ । उपसचिव शेखर पौडेललाई गृहमन्त्रालयबाट औद्योगिक प्रबद्र्धन शाखाको जिम्मेवारी दिइएको छ । पौडेल जता जता मुकुन्द निरौला उतैउतै सरुवा हुने कर्मचारीका रुपमा चिनिन्छन् । मुकुन्द र पौडेलबीच दाइभाइकै सम्बन्ध रहेको छ । बिभागबाट अवधि नपुगी सरुवा गरी मन्त्रालयको सूचना शाखामा रहेकी उपसचिव कमला घिमिरेलाई बजेट शाखामा पुर्याइएको छ ।
बाबुराम गौतम महानिर्देशकमा बहाली भएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टीङ अप्रेसनमा कमलाले नेतृत्व गरेको शाखाका कर्मचारी कुमारी तारा घिमिरे, कार्यालय सहयोगीसहित पक्राउ परेपछि निर्देशक घिमिरेलाई तत्काल मन्त्रालययमा सरुवा गरिएको थियो । घुस लिने अर्कै भए पनि कमला सरुवामा परेकी थिइन् । बिभागबाट सरुवा भएर गएकी रमिला भण्डारीलाई पनि नीति योजना शाखाको जिम्मा दिइएको छ ।
बिभागमा सेवाग्राही र कर्मचारीबीच सम्बन्ध नबिगारी १७ महिनामै बिदा गरिएका हरि पँगेनीलाई औद्योगिक पूर्वाधार शाखाको जिम्मा दिइएको छ । सचिव निरौलाका विश्वासपात्र उपसचिव सुरेश दाहाललाई उद्योग विभागमा पठाउन नसकेपछि मन्त्रालयको औद्योगिक प्रबद्र्धन शाखाको जिम्मा दिइएको छ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend