काठमाडौं । कर्मचारीको सरुवा सामान्यतया २ बर्षमा हुने प्रावधान छ । तर उक्त प्रावधान उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई देखाउने दाँतमात्र हुँदैआएको छ । सहसचिव बाबुराम गौतमले आफैंले हटाएको कर्मचारीलाई आफैं कर्मचारी प्रशासन महाशाखाको प्रमुख भएपछि अवधि नपुग्दै पुरानै कार्यालयमा सरुवा गरेका छन् ।
नायबसुब्बा उदय पौडेललाई सहसचिव गौतमले उद्योग विभागमा सरुवा गरेर पुरस्कृत गरेका छन् । गौतम उद्योग विभागको महानिर्देशक भएपछि करिब ९ महिनाअघि पौडेल ट्रेडमार्क शाखामा कार्यरत थिए । पौडेलका बारेमा अनेकथरी प्रश्न उठेपछि गौतमले मन्त्रालयमा अनुरोध गरी सरुवा गराएका थिए ।
गौतमले महानिर्देशकको बहाली गरेको भोलिपल्ट विभागको हलमा राखेको परिचयात्मक कार्यक्रममा सबैले आ आफ्नो परिचय दिंदै कार्यरत पद र कामका बारेमा संक्षिप्त ब्रिफिङ गर्ने काम भयो । उक्त कार्यक्रम सकिएपछि जुरुक्क उठेर पौडेलले भनेका थिए–‘कोही भने २ बर्षसम्म कमाउने शाखामै बसिरहन पाउने, आफू भने डेढ बर्षदेखि ट्रेडमार्क शाखामै थन्किनुपर्ने ? यो कस्तो न्याय हो ?
महानिर्देशकले यसमा बिचार पुर्याउनुपर्छ ।’ पौडेलको भनाइप्रति तत्काल केही प्रतिक्रिया नजनाए पनि बडी ल्याङ्वेजबाट असन्तुष्ट देखिएका गौतमले एक सातामै उनलाई मन्त्रालयमा सरुवा गरिदिए ।
ट्रेडमार्क शाखामा हुँदा पनि ब्यवसायीलाई अचाक्ली दुःख दिने र महंगो असुलीधन्दाको अभियान नै चलाएका पौडेलको गतिबिधिका बारेमा उद्योगीहरुले मन्त्रालयमा समेत गुनासो पुर्याएका थिए । तर तत्कालीन नेतृत्वले उनको गुनासोलाई सुनुवाइ नै गरेन । सेवाग्राहीबीच मात्र होइन, कर्मचारीमाझ पनि अलोकप्रिय बनेका उनै पौडेल विभागमा सरुवा भएपछि अहिले विभागमा हल्लीखल्ली मच्चिएको छ ।
कर्मचारी प्रशासनमा कसिला देखिंदै उनै बाबुरामले कसरी आफैंले अयोग्य भनेर विगतमा सरुवा गरेका पौडेललाई मन्त्रालयमा जानासाथ कसरी योग्य देखे ? गम्भीर प्रश्न खडा भएको छ । मन्त्रालयमा सरुवा हुनासाथ मन्त्री रमेश रिजाललाई भिनाजुको नाता लगाउँदै भेट हुनासाथ हातमा निधार लगेर ढोग्ने उनै पौडेललाई स्टोरको जिम्मा दिइएको थियो । मन्त्रालयको स्टोर सम्हालेपछि महाशाखा प्रमुखदेखि लिएर मन्त्री सचिवका आज्ञालाई समेत तोड्दैआएका पौडेलले हरेक कुरामा भाँजो हाल्न थालेपछि उनलाई हटाउनै पर्ने अवस्था सृजना भयो ।
कर्मचारी प्रशासन महाशाखाले स्टोर समेत हेर्दैआएको र सो भूमिकामा उनै बाबुराम गौतम छन् । पौडेलको विगतका बारेमा जानकार सहसचिव गौतम उनलाई कारबाहीस्वरुप उद्योग विभागमा सरुवा गरेको बताउने गरेका छन् । ९ महिनामै पुनः विभाग फर्किन सफल भएका नासु पौडेललाई पठाउनका लागि भेना मन्त्री रिजाल, सचिव मुकुन्द निरौलाको जोडजुलुम पनि उत्तिकै भएकाले र स्टोरबाट पन्छाउनै पर्ने भएकाले उनलाई सरुवा गरिएको स्रोत बताउँछ ।
महाशाखा प्रमुख सहसचिवहरुले मन्त्रालयकै हल प्रयोग गरी कार्यक्रम गर्न खोज्दा पत्र माग गर्ने पौडेलले गाडी, तेल लगायत स्टोरमा अनियमितता गरेको सुईको पाएपछि आफू समेत बदनाम हुने त्रासले गौतमले हतार हतार उनलाई उद्योग विभागतिर पठाएर शान्तिको सास फेर्न पाएका छन्् । पौडेलका ठाउँमा स्टोरको जिम्मा अहिले अर्का नासु यादव बस्यालले पाएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend