Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलम्बु प्रभाग गोली प्रकरण : डीएसपीको नेतृत्वमा छानविन समिति गठन


    सोमबार, फाल्गुन ७ २०८०
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ चलेको गोली प्रकरणबारे छानविन गर्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ ।

    ड्युटी सकेर कार्यालय फर्किएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले पेस्तोल परीक्षण गर्दा आइतबार साँझ एक राउन्ड गोली फायर भएको थियो ।

    उक्त प्रकरणमा डीएसपी गंगा पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । समितिमा अन्य दुईजना सदस्य छन् । इन्स्पेक्टर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानविन थालिएको छ ।

    आइतबार साँझ कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेपछि परिसरमा नै तानेर छानविन थालिएको हो । भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो ।

    घाइते सेवाग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् । तर बडिगार्डको भने चन्द्रागिरिकै मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार