Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चौधरी ग्रुपले गैरकानुनी रुपमा विदेश लगिरहेको अरबौं रुपैयाँ रोक्नसक्नुहोस्ः बाँस्कोटा


    मंगलबार, चैत्र २५ २०७६
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २५ चैत ।

    पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चौधरी  ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौं रकम विदेश लगेको दाबी गर्दै त्यसलाई रोक्न माग गरेका छन् । बास्कोटाले मंगलबार सामाजिक संजालमा नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई तथा शुभकामना दिदै त्यस्तो गैरकानुनी काम रोक्न सुझाव दिएका हुन् । 

    गभर्नर अधिकारीलाई शुभकामना दिंदै बास्कोटाले भनेका छन्–‘एन बी इन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत् गैरकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस् ।

    बास्कोटाले भनेको एनबी इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ । चौधरी ग्रुपले एनबी इन्टरनेशनल मार्फत् नबिल बैंकमा लगानी गरेको छ । बैंकमा एनबी समूहको ५० प्रतिशत लगानी छ । अर्थात् बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबी समूह मार्फत् विदेश जान्छ । पूर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नवनियुक्त गभर्नरलाई सुझाव दिएका हुन् ।

    मन्त्री रहँदै बास्कोटा चौधरी समूहका बिरुद्ध खरो रुपमा उत्रिने गरेका थिए । उनैले चौधरी समूहको सिजी टेलिकमको लाइसेन्स खारेज समेत गरिदिएका थिए । अहिले फेरि बास्कोटाले चौधरी ग्रुपको एनबी समूहमाथि कानुनी कारवाही गर्ने आशयको सुझाव दिएका हुन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार