Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनील शर्माले भने- महासमितिमा छुट्टै प्रस्ताव पेस गर्छु  


    शनिबार, फाल्गुन ५ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेका महासमिति सदस्य एवं सांसद सुनील शर्माले आसन्न महासमिति बैठकमा आफूले पार्टी रूपान्तरणका निम्ति छुट्टै प्रस्ताव पेस गर्ने बताएका छन् ।

    आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले कांग्रेसको नेतृत्वमा जनमुखी सरकार निर्माण गर्न जनताको भरोसायोग्य पार्टी बनाउनुपर्नेसहितका विषय समेटिएको छुट्टै प्रस्ताव पेस गर्ने जानकारी गराएका हुन् । मुलुकको वर्तमान समस्या समाधान गर्न कांग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी रहेको उनले बताए ।

    कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वमा जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्न नहुने उनले उल्लेख गरे । अप्राकृतिक गठबन्धनका कारण कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइरहेको भनेर जनस्तरबाटै प्रश्न उठाइएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार