Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश


    शुक्रबार, साउन २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा.सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई आज जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न समेत केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।

    नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीले जनाएको छ ।

    बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा.रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा। अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो । यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार