Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा नेकपा सचिवालयको बैठक, समसामयिक विषयमा छलफल


    मंगलबार, चैत्र २५ २०७६
    1.6K
    Shares
  • १ मिनेट पाठ
  •  

    काठमाडौ, २५ चैत।  मंगलबार बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ।

    आज बसेको बैठकमा कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामग्री ल्याउँदा भएको अनियमितता र पछिल्लो पटक स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनालाई दिएको जिम्मेवारीबारे  छलफल हुने बताइएको छ।

    पहिलो चरणमा स्वास्थ्य सामग्री ल्याउँदा अनियमितता भएको भनेर चौतर्फी आलोचना भएपछि सरकारले ओम्नी समूहसँगको सम्झौता रद्द गरिसकेको छ। सचिवालय सदस्यहरूले यसअघि नै स्वास्थ्य सामग्री प्रकरणबारे पार्टीमा छलफल हुनपर्ने बताएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार