Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रम्पको अनुरोधमा भारतद्वारा हाइड्रोक्सीक्लोरोक्वाइन निर्यात फुकुवा 


    मंगलबार, चैत्र २५ २०७६
    1K
    Shares
  • १ मिनेट पाठ
  • नयाँदिल्ली,(एजेन्सी) २५ चैत । 
    भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि वरदान सावित हुनसक्ने भन्दै हाइड्रोक्सीक्लोरोक्वाइन नामक औषधिको निर्यात फुकुवाका लागि गरेको अनुरोध मंगलवार स्वीकार गरेको छ । ट्रम्पले यदि सो औषधि निर्यात नगरिएको खण्डमा प्रतिकार गर्ने चेतावनी दिएको केहि घन्टा पछि भारत सरकारले यो निर्णय गरेको हो । हुन त ट्रम्पले यसअघि नै भारतिय प्रधानमन्त्री मोदीसंग यसका लागि पहल गरेका थिए । 

    भारतले ट्रम्प र अमेरिकाको प्रसंग नै उल्लेख नगरीकन कोराना भाइरस पीडित मुलुकहरुलाई आफूले सुलभ ढंगले यो औषधि उपलब्ध गराउने जनाएको छ । तर चिकित्सा विशेषज्ञहरुले भने हाइड्रोक्सीक्लोरोक्वाइनले कोरिभड–१९ को उपचार हुने कुनै प्रमाण नभएको बताइरहेका छन् । हाइड्रोक्सीक्लोरोक्वाइन औलो विरुद्धको चर्चित र पुरानो औषधि क्लोरोक्वाइनसंग मिल्दाजुल्दो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार