Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • डीडीसीका महाप्रबन्धक झामाथि कार्यकक्षमै दुर्व्यवहार, कालो मोसो दलियो


    शुक्रबार, फाल्गुन ४ २०८०
    830
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जिव झामाथि कार्यकक्षमै दुर्व्यवहार गरेका छन् ।

    शुक्रबार बिहान महाप्रबन्धक झाको कार्यकक्षमा पुगेका क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले उनीमाथि हातपात गरेका हुन् । सो क्रममा हात हालाहाल भएपछि उनीहरु क्रान्तिकारी युवा संगठन जिन्दावाद भन्दै त्यहाँबाट बाहिरिएका थिए ।

    क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले महाप्रबन्धक झाले भ्रष्टाचार र अनियमितता गरेकाले मोसो दलेको बताए ।

    झामाथि दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, किसानबाट संकलित दूध पाउडर बनाएर गोदाममा थन्काएर भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा प्रस्ताव गरेको लगायतका आरोप क्रान्तिकारी युवा संगठनले लगाएको छ ।

    यसअघि २९ माघमा सोही पार्टीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि पनि कार्यालय परिसरभित्र दुर्व्यवहार गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार