Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति


    बुधबार, फाल्गुन २ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

    म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दुवैजना गत १० माघमा पक्राउ परेका थिए ।

    यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार