Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एसीसी प्रिमियर कप: कुवेतले टस जितेर ब्याटिङ रोज्यो


    बुधबार, फाल्गुन २ २०८०
    765
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। एसीसी महिला प्रिमियर कपको क्‍वार्टरफाइनलमा नेपाल र कुवेत मैदानमा उत्रिने भएका छन्।

    मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा कुवेतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । उक्त खेल नेपालको समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

    जारी प्रतियोगितामा अपराजित नेपाल समूह–डीको विजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको हो।

    नेपालले समूह चरणमा हङकङ, भुटान र मालदिभ्सलाई पराजित गरेको थियो। मालदिभ्सविरुद्ध हिजो २ सय १४ रनको फराकिलो अन्तरको जित हात पार्दा रुबिना क्षेत्रीले शतक प्रहार गरेकी थिइन्।

    टी–ट्वेन्टी आईमा नेपाली महिला खेलाडीले बनाएको यो अहिलेसम्मको उच्च स्कोर हो। यस्तै रुबिना टी–ट्वेन्टी आईमा शतक बनाउने पहिलो नेपाली महिला खेलाडी बनिन्। २ सय २८ रनको लक्ष्य पछ्याएको मालदिभ्स १३ रनमानै अल आउट भएको थियो।

    आत्मविश्वासी नेपाल लगातार चौथो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ। कुवेत समूह एको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो। समूहमा थाइल्यान्डसँग मात्र पराजित भएको कुवेतले पहिलो खेलमा सिंगापुरलाई १० विकेटले पराजित गरेको थियो।

    उसले म्यानमारलाई २७ रनले हरायो। आजको विजेताले सेमिफाइलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने जापान र मलेसियाको विजेताले युएईसँग खेल्नेछ। आजै विहान भएको खेलमा थाइल्याण्डले हङकङलाई तीन विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने युएईले इन्डोनेशियालाई ५६ रनले पराजित गरेको थियो।

    सेमिफाइनलका खेल शुक्रबार विहान सवा ११ बजे सुरु हुनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार