Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी महिला प्रिमियर कप: नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले हार्यो


    शनिबार, माघ २७ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।

    हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्बाधिक ४० रन बनाएकी थिइन् भने सिता राना मगरले ३२ रन बनाएकी थिइन् ।

    यसअघि पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउदै ९३ रन बनाएको थियो ।

    यो जितसहित नेपालले समुह डी मा विजयी शुरुवात गरेको छ । अब नेपालले दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार