Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै


    शनिबार, माघ २७ २०८०
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि मलेसियामा हुने एसीसी महिला प्रिमियर कप शुरु हुदैछ । नेपालले आज आफ्नो पहिलो खेल खेल हङकङविरुद्ध खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७स् १५ बजेदेखि शुरु हुने छ ।

    यस प्रतियोगितामा नेपाल समुह ‘डी’ मा रहेको छ । समुह ‘डी’ मा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल आज हङकङसँग खेल्ने छ भने दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

    एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार