Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा १८ जना मनोनीत


    सोमबार, माघ २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले १८ वैकल्पिक केन्द्रीय सदस्य थपेको छ । रिक्त रहेको केन्द्रीय समितिको रिक्त रहेको वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य मनोनयन गरिएको हो ।

    थप हुनेहरूमा लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन केसी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोट, गंगा पोखरेल र विजय वनेम छन् ।

    त्यस्तै, पूर्णसिंह राजवंशी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ । भने जेष्ठ कम्युनिष्ट मञ्चमा नगेन्द्र धिमाल, ईन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ ।

    वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य थप गरेको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टी पंक्तिमा परिपत्र जारी गर्दै जानकारी गराएका छन् । सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

    त्यस्तै माओवादीको विधान अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार