काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले १८ वैकल्पिक केन्द्रीय सदस्य थपेको छ । रिक्त रहेको केन्द्रीय समितिको रिक्त रहेको वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य मनोनयन गरिएको हो ।
थप हुनेहरूमा लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन केसी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोट, गंगा पोखरेल र विजय वनेम छन् ।
त्यस्तै, पूर्णसिंह राजवंशी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ । भने जेष्ठ कम्युनिष्ट मञ्चमा नगेन्द्र धिमाल, ईन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ ।
वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य थप गरेको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टी पंक्तिमा परिपत्र जारी गर्दै जानकारी गराएका छन् । सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
त्यस्तै माओवादीको विधान अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend