Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माओवादी र एकीकृत समाजवादीबीच कात्तिक २० गते एकता घोषणा


    सोमबार, कार्तिक १७ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत ८ वटा पार्टी दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ ।

    आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

    कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुने माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार २० गते एकता प्रक्रियासम्बन्धी एकीकृत समाजवादी लगायत एकतामा आउने दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा हुनेछ ।

    बैठकमा पार्टी एकतापछि नयाँ दल दर्ता प्रक्रिया र त्यसको तयारीबारे पनि विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार