Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माओवादी केन्द्रको जारी स्थायी समिति बैठक आज पनि


    सोमबार, साउन १९ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक आज पनि बस्दैछ ।

    साउन १६ देखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको स्थायी समिति बैठक आज चौथो दिन हो ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

    शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

    त्यस्तै आइतबार १९ जना सदस्यले आफ्नो धारणा राखेका थिए ।

    आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन् । उनीहरूले धारणा राखेपछि सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि बैठक समापन गरिने माओवादीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार