Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कूटनीतिक नम्बरको गाडीको दुरुपयोगः मेडिकल उपकरणको कालोबजारी गर्ने सीएनआईका उपाध्यक्ष पक्राउ


    मंगलबार, चैत्र २५ २०७६
    1.6K
    Shares
  • ४ मिनेट पाठ
  •  

    काठमाडौं, २५ चैत । महाबाणिज्यदूतको आवरणमा कोरोना भाइरसको महामारीका बेला मेडिकल उपकरणमा कालोबजारी गर्ने उद्योग परिसंघ(सीएनआइ) उपाध्यक्ष ग्रुपका सुलभ अग्रवाल  केहीबेरअघि पक्राउ परेका छन् । अग्रवाल किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी प्रयोग गर्दैआएका थिए । उनी र चौधरी ग्रुपले चैत २० मा चीनको ग्वाङ्झावबाट नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएका थिए । ती सामग्रीमध्ये सुलभ अग्रवालले इन्फारेड थर्मल गन २० हजार पीस ल्याएका थिए । 

    \"\"

    इन्फारेड थर्मल गन र एन नाइन फाइभ मास्क 

    इन्फारेड थर्मल गनको बजारमूल्य  ३ देखि ५ हजार रुपैयाँ पर्न आउँछ । त्यसमा जहाज भाडा जोड्दा ७ हजार रुपैयाँ हुनसक्छ । तर १६ हजार रुपैयाँमा बिक्री गर्दैआएका थिए । कूटनीतिक नियोगको नम्बर प्लेट भएको किर्गिस्तानको अवैतनिक बाणिज्यदूतको  गाडीमा राखेर उनले थर्मल गन कालोबजारी गर्दैआएको खुलेको छ । अग्रवालबाट १६ हजारमा लिएर त्रिपुरेश्वरका तिरुपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २० हजार रुपैयाँसम्ममा थर्मल गन बिक्री गर्दैआएका थिए । एन ९५ मास्कको बढीमा ३ सय पर्ने भए पनि अग्रवालले ७ सय रुपैयाँमा बिक्री गर्दैआएको सूचनाका आधारमा प्रहरीले उनको निगरानी गरेको थियो । 

    अपराध अनुसन्धान महाशाखाका प्रहरीले ग्राहकको भेषमा अग्रवालसँग सम्पर्क गरेका थिए । उनले सुरुमा १ सय पिसमात्र रहेको बताए । पछि डेढ सय पीस थर्मल दिन तयार भए प्रतिथान १६ हजार रुपैयाँमा । अपराध महाशाखाको टोलीले पैसा लिएर जाँदा उनी कूटनीतिक नियोगका ब्यक्तिले प्रयोग गर्ने २०९ एचसीसी १ नम्बरको गाडीमा आए । र, थर्मल गन सोही गाडीबाट निकालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अग्रवाल सतिस मोर अध्यक्ष रहेको सीएनआइका उपाध्यक्ष हुन् । जगदम्बा स्टीलका पनि उनी उपाध्यक्ष नै रहेको उल्लेख छ । उनी शंकर ग्रुपका पनि लगानीकर्ता हुन् ।

    त्यस्तै मेडिकल उपकरणको कालोबजारीको लहरो तान्दा पहरो नै आउने भएको छ । यसमा चौधरी गु्रपसमेत तानिने भएको छ । चौधरी ग्रुपका मालिक विनोद चौधरीका अति निकट तथा उनले नै सीएनआईको उपाध्यक्ष बनाएका सुलभ अग्रवाल पक्राउ प्रकरणले धेरै रहस्यका पाटा खुल्नेछन् । तर प्रहरी चौधरी ग्रुपसम्म पुग्न सक्छ कि सक्दैन ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

    चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान ल्याउन चैत २० मा चीनको ग्वाङ्झाव गएको निगमको बिमानमा जगदम्बाले पनि थर्मल गन, मास्क लगायतका मेडिकल सामग्री ल्याएको थियो । चौधरी ग्रुप अन्तर्गतको नर्भिक अस्पतालले केही मेडिकल सामग्री सरकारलाई प्रदान गरे पनि ल्याइएको ठूलो हिस्सा उपकरण कालोबजारीमा बिक्री गरेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार