काठमाडौं । अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । समितिले आज प्रतिवेदनसहित सर्वसम्मतिले उक्त विधेयक पारित गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
“समितिको अघिल्लो बैठकबाटै हामीले सहमति जुटाएर पास गर्ने भनेका थियौँ । आज सामान्य भाषा मिलाउन मात्र केहीबेरका लागि बैठक बसेका हौँ । विधेयक सर्वसम्मतिले पारित भयो,” उनले भने ।
उक्त बैठकको निर्णय सुनाउँदै उनले विधेयक संसद्बाट पारित भइसकेपछि ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेकेदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्रीमाथि अनुगमन गर्न सहज हुने बताए ।
उनका अनुसार विधेयक बुधबारपछि बस्ने संसद् बैठकमा पेस गर्ने तयारी गरिएको छ ।
“भोलि नै सदनमा पेस गर्ने तयारी थियो । तर, भोलि शीर्ष नेता बोल्ने र पूर्व सांसद तथा हाम्रै पार्टीका केन्द्रीय सदस्यको निधनमा शोक प्रस्ताव पारित गर्नुपर्ने भएपछि पेस गर्ने सक्ने अवस्था रहेन । अर्को बैठकमा हामी पेस गर्छौं,” उनले भने ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend