काठमाडौं । अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । समितिले आज प्रतिवेदनसहित सर्वसम्मतिले उक्त विधेयक पारित गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
“समितिको अघिल्लो बैठकबाटै हामीले सहमति जुटाएर पास गर्ने भनेका थियौँ । आज सामान्य भाषा मिलाउन मात्र केहीबेरका लागि बैठक बसेका हौँ । विधेयक सर्वसम्मतिले पारित भयो,” उनले भने ।
उक्त बैठकको निर्णय सुनाउँदै उनले विधेयक संसद्बाट पारित भइसकेपछि ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेकेदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्रीमाथि अनुगमन गर्न सहज हुने बताए ।
उनका अनुसार विधेयक बुधबारपछि बस्ने संसद् बैठकमा पेस गर्ने तयारी गरिएको छ ।
“भोलि नै सदनमा पेस गर्ने तयारी थियो । तर, भोलि शीर्ष नेता बोल्ने र पूर्व सांसद तथा हाम्रै पार्टीका केन्द्रीय सदस्यको निधनमा शोक प्रस्ताव पारित गर्नुपर्ने भएपछि पेस गर्ने सक्ने अवस्था रहेन । अर्को बैठकमा हामी पेस गर्छौं,” उनले भने ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend