काठमाडौँ । ललितपुर जिल्ला अदालतले हिजो सोमबार एक सेवाग्राहीलाई गेटबाहिरनै पाइन्ट खोल्न लगाएको छ ।
अदालतले अंश मुद्दाका लागि अदालत पुगेका धरानका अनिश श्रेष्ठलाई अदालतको गेटबाहिर पाइन्ट खोल्न लगाएको हो ।
उनले पाइन्टभित्र ट्राउजर र बाहिर थोरै ग्रन्च भएको जिन्स पाइन्ट लगाएका थिए । तर, प्रहरीले उनलाई पाइन्ट खोल्न लगाएर ट्राउजरमा भित्र जान दिएको थियो।
सुरक्षाकर्मीले अनिशलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरे पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको सत्यालले उल्लेख गरेका छन् ।
अर्को पाइन्ट किन्न पनि तत्काल सम्भव नभएको श्रेष्ठले बताए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend