त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलभित्र गएको माघ १२ मा भएको घटनामा प्रहरी जवान सतप्रतिशत ठिक छन् । तर उल्टै प्रहरीलाई निलम्बन गरी गृहमन्त्रालयले चोरलाई चौतारो साधुलाई सुली भन्ने उक्ति चरितार्थ गरेको छ ।
अध्यागमन कार्यालयका कर्मचारीहरुले विगत डेढ बर्षदेखि अन्तर्राष्ट्रिय विमानस्थललाई बिमानस्थल होइन बेमानस्थल बनाएका थिए । पहिला पनि अध्यागमनमा भिजिट भिसामा सेटिङ हुने गरेको थियो । तर विगत डेढ बर्षयता भने सेटिङले पराकाष्टा नै नाघेको थियो । जुन घटनाको राम्रोसँग छानबिन गर्नुपर्ने आजको टड्कारो आवश्यकता छ ।
विमानस्थललाई बेइमानस्थल बनाउनेहरुलाई जोगाएर निरीह प्रहरीलाई बलिको बोको बनाइएको छ । पछिल्लो पटक बलीको बनाएको केस राम्रोसँग छानबिन गरेर दुधको दुध पानीको पानी बनाउन जरुरी छ्र । सरकारको नुनपानी खाएर अत्यावश्यक सेवा बन्द गर्छु भन्दा सरकार डराएर थुरुरु काम्दै प्रहरीलाई निलम्बन गरी बहादुरी देखाउँछ ।

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले दैनिक १ हजार नेपालीलाई भिजिट भिसामा रोजगारीमा पठाएको तथ्य खुलिसक्दा पनि उनीहरुलाई कारबाही नगर्ने सरकारले ड्युटी निभाउने प्रहरीलाई निलम्बन गरेर मत्स्यन्याय गरेको छ । ट्रेड युनियनले कर्मचारीको पक्षमा बोलेपछि उनीहरु जोगिने तर प्रहरीका लागि बोलिदिने कोही नभएकाले उनीहरु निलम्बनमा परेका छन् ।
झगडाको बीउ झिक्ने र गल्ती गर्ने पानीमाथिको ओभानो, निर्दोष कारबाहीको शिकार हुनुपरेको छ । निर्दोष प्रहरीलाई निलम्बन गरेपछि अब प्रहरीले अनुसन्धान कसरी गर्छ ? ड्युटीमा बसेको प्रहरीले विमानस्थलभित्र जाने जोकोहीलाई चेक गर्नु अपराध हो ? माघ १२ गते विमानस्थलभित्र भएको के हो ?
१. ती रातो ज्याकेट लगाउने इमिग्रेसन नामक रातो खोल ओडेका ब्यक्ति को हुन् ? निजामती कर्मचारीको रातो ज्याकेट कहिलेबाट ड्रेस बदलियो जबकि सँगैका निजामतीको निलो निलगगन जस्तो कोट लगाएका छन् । प्रहरीलाई शरीर चेक गर्न नदिने उनले निलो कोट कुन कुर्सीमा झुण्ड्याएर रातो झिल्के ज्याकेट लगाएर कुन कर्तुक गर्दैछन् ? किन निजामती कर्मचारीको ड्रेस ढाक्न त्यो ज्याकेट लगाए ?
२. उनको ड्युटी कहाँ थियो ? के जिम्मा थियो किन वाक थ्रु गेटबाट सेक्युरिटी चेक्ड पास भएका यात्रुलाइ निर्मलीकरण एरियामा भेट्न जाँदैछन् ? फेरि साथीहरुले चलाएको सेटिङलाइ निरन्तरता दिंदैछन् कि ?
३. इमिग्रेसन जस्तो संबेदनशील स्थानमा खटिएका कर्मचारी आफ्नो काम छाडी पिक आवरमा त्यसरी जान मिल्छ मिल्दैन ?
४. उनी हाकिम हुन् भने आफ्नो काम कसलाई जिम्मा लगाएर उनी त्यहाँ लाप्पा खेल्न आए ? यदि सेकेण्डम्यान हुन् भने हाकिमलाई कहाँ जान्छु भनी त्यहाँ आएका हुन् ?
५. मानिलिऊँ, ड्युटीमा भएको प्रहरी जवानले नियम विपरीत रोक्यो भने नजिकै भएका असई वा अन्य निजामतीका अफिसरलाई रिपोर्ट नगरी जवानसँग लाप्पा खेल्न किन तम्सिए ? यही हो त अधिकृतले गर्ने समन्वय ? अन्तर्राष्ट्रिय बिमानस्थल जहाँबाट देश कस्तो छ भन्ने आँकलन गर्र्न सकिन्छ रे । यही हो त त्यस्तो संबेदनशील रस्थान र निकायमा काम गर्ने अफिसरले सुरक्षाकर्मीमाथि गर्ने व्यवहार ?
६.साँच्चै गृहमन्त्रालयमा ती कर्मचारीलाई बोलाएर आचरण उल्लघंनमा होइन प्रहरीमा पठाएर वा स्वतन्त्र अनुसन्धान टोली गठन गरेर कीर्ते कागज खडा गरी मानव तस्करीमा कारबाही चलेका र कोही देशै छाडी फरार भएका अध्यागमनका कर्मचारीको केसमा जोडेर अनुसन्धान गर्ने हो भने सत्य तथ्य २ घण्टामा बाहिर आउँछ । होइन कर्मचारीको हडतालको डर मान्ने हो भने त सोझा असई र ड्युटी गर्ने सिपाहीलाई बलीको बोको बनाएर टाउकाको प्रसाद खाए भइहाल्यो ?
७. विगत लामो समयदेखि सेटिङमा मानव तस्करी गर्दैआएको अध्यागमन कर्मचारीको कालो कर्तुत नेपाल प्रहरीले बाहिर ल्याएकोमा रिस छ ? अझै कति तानिने हुन्, क–कसको जागिर जान्छ ? अध्यागमनका कर्मचारीलाई त्यसकै डर छ । अरु कालो कर्तुत खोलिने त्रास छ ।
८. रातो ज्याकेटधारी छद्मभेषी कर्मचारीको ३ दिनको एयरपोर्टको गतिबिधि सीसीटीभीबाट र मोबाइलको कल डिटेल र एसएसएम हेरे एकीन भइहाल्छ । उसको को कोसँगको साँठगाँठ के कस्तो छ र उनी जबर्जस्ती गेटबाट गैरकानूनी प्रवेश गर्दैछन् त्यसैले दिन्छ उत्तर ?
९.उनको र उनका परिबारको बैक खाता जाँचे हुन्छ अध्यागमनमा बस्दाको उपती थाहा हुन्छ ।
१०. अमेरिका लगायत विश्वका प्रायः सबै देशमा अध्यागमन प्रहरीले हेर्छ निजामतीले होइन । अध्यागमन प्रहरीले हेर्दा केही न केही हदसम्म अपराधी प्रवृत्ति निरुत्साही हुन्छ । नेपालमा पनि अध्यागमन प्रहरीले नै हेर्दैआएको थियो । तर पञ्चायतकालमा डीबी लामा र भरत गुरुङले तस्करी गरे भनेर त्यसकै बहानामा अध्यागमन प्रशासन निजामतीले हत्याएको हो । फेरि आफूबाट प्रहरीले अध्यागमन फर्काउला भन्ने डर छ कर्मचारीलाई । तसर्थ यसमा पुस्तैनी बैमनस्यता छ दुई निकायबीच ।
११. यही मौकामा दोष नेपाल प्रहरीलाई थुपारेर सशस्त्र प्रहरीलाई अध्यागमन सेक्युरिटी जिम्मा दिएर सधैको लागि मार्गप्रशस्त गर्ने चाहनाले पनि काम गरेको छ । अनि मानवतस्करीमा गरेको कारबाहीको बदला लिन चाहन्छन् अध्यागमनका कर्मचारीहरु । अपराध अनुसन्धानमा दक्ष जनशक्ति भएको प्रहरीलाई राख्दा भिजिट भिसामा सेटिङ गरी करोडौं करोड घुस लिन बाधा पुगेपछि अध्यागमनका कर्मचारी सुरक्षाका लागि सशस्त्र प्रहरी ल्याउन उद्यत छन् ।
१२. ब्रेक सू मा लुकाएर आउने क्वीन्टलका क्वीन्टल सुन तस्करीको सेटिङमा कसको हात र संलग्नता छ निजामतीको कि प्रहरीको ?
१३. भिजिट भिसामा दुबई पठाउने र दुबईबाट अमेरिका–यूरोप पठाउने हालैको सेटिङमा को रहेछ दोषी प्रहरी कि अध्यागमन ? सरकारी कर्मचारी भएर नेपाली युवालाई कीर्ते कागज खडा गरेर मानव बेचबिखनको र संगठित अपराधको र्याकेट कस्ले चलाएको रहेछ ? अध्यागमनले कि प्रहरीले ?
१४. प्रहरीले चालक अनुमतिपत्र दिदा भ्रष्टाचार गर्यो भनेर यातायात कार्यालयबाट बाँड्न थालेको सवारी चालक अनुमति पत्र केही बर्षमा नै लाखका लाख फर्जी बाँडेको घटना प्रकाशमा आएको छ । लाखौं फर्जी लाइसेन्स कसले बाँड्यो ? गाडीको स्टेरिङ कुन चराको नाम हो थाहा नभएका व्यक्तिलाई सर्वसाधारण मार्ने लाइसेन्स कसले बेचेको रहेछ ?
१५.यहाँ प्रहरी ठिक छ अरु सबै गलत भन्न खोजेको होइन, नियतको कुरा हो । चाहे प्रहरी वा निजामती सबै यही समाजका उपज हुन् । एउटा आमाले पाएको एउटा छोरा निजामतीमा, अरु प्रहरी, सेना वा सशस्त्र प्रहरीमा होलान् । हामी सबै नेपाली हौं, सबैको पृष्ठभूमि करीव ऊस्तै हो । व्यवस्था सुधारेर फेरेर मात्र हुँदोरहेनछ अवस्था सुधारेमात्र देश सुध्रिन सक्दछ ।
यसैले हड्तााल गर्न नमिल्ने, संगठन खोल्न नमिल्ने, जसको पनि छुचो बन्नुपर्ने र सबैको बाधक बन्नुपर्ने हुँदा सबैको निसानामा प्रहरी संगठन पर्दैआएको छ । ट्रेड युनियन खोल्न र बोल्न पाउने भएको भए ती निरीह असई निलम्बनमा पर्दैनथे कि ?
त्यसैमा पनि जुन थालमा डकारुन्जेल खायो त्यही थालमा …गर्ने हाम्रा केही प्रहरी साथीहरुले मिडियाबाट झन् नभएको तथ्य बंग्याई बंग्याई कारबाही गर्न उक्साएको देख्दा सौताको रिसले पोइको काखमा कुन्नी के गर्ने भन्ने उखान चरितार्थ भइरहेको छ । आफू संगठनमा हुँदा जसलाई पायो त्यसैलाई ठोक्दै हिंडेर बबण्डर मच्चाएर संगठनको अनेक प्रकारले दोहन गरे । आज सेवाबाट बाहिर निस्कनासाथ फेरि त्यही संगठनका निमुखा दर्जालाई संविधानको हवाला दिदै कारबाहीको शिकार बनाउँदै त्यही संगठनको इज्जत र अस्मितामाथि धावा बोलिरहेका छन् । आफ्ना काला कर्तुतका चाङ बिर्सिसके भन्ठानेका छन् । बाँकी विश्लेषण गर्ने जिम्मा सचेत नागरिक र राष्ट्रसेवक साथीहरुकै जिम्मा छाड्न चाहन्छु ।
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend