Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसाको सेटिङ : ९ कर्मचारीसहित २२ जनाविरुद्ध मुद्दा दायर


    बिहिबार, माघ १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका ९ कर्मचारी सहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जना विरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

    भिजिट भिसामार्फत मान्छे पठाएबापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भए पनि अन्य अध्यागमन अधिकृतहरू भने सबै फरार रहेका छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरूले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो ।

    मुद्दा दायर भएका अन्य व्यक्तिहरूमा नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने चितवन खैरहनीकी गीता शाह र काठमाडौँ तीनकुनेका अरुण दाहाल, अध्यागमनमा सेटिङ मिलाउनेहरू मिर्चौया सिरहाका सरोजकुमार यादव, दोरम्बा ७, रामेछापका पदम लामा, पाँचखाल ५, काभ्रेपलाञ्चोकका मनोज तामाङ, चापाकोट नगरपालिका १, स्याङ्जाका रामप्रसाद भण्डारी, सत्यवती ७, गुल्मीका दिनेश ज्ञवाली, वालिङ ५, स्याङ्जाका रविन अर्याल, पथरी शनिश्चरे ७, मोरङका विनोद कार्की, धर्मदेवी नगरपालिका, सङ्खुवासभा स्थायी ठेगाना भई हाल कामनपा ९ सिनामंगलस्थित होटल बाल्टिक ईन होटलका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, सिमरा १५ बाराका कौशिला मगर, माहात्या दुधकोशी ४, सोलुखुम्बुकी लक्ष्मी राई र कमलामाई ५, सिन्धुलीकी रिता दमाइ रहेका छन् ।

    उनीहरुले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार