Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष थापा पनि पक्राउ


    बिहिबार, माघ १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् ।

    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण चौधरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थापालाई पनि पक्राउ गरेको हो ।

    सीआईबीले आजै यस घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।

    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।

    सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

    थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार