काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरिएको छ।
उक्त घटनालाई लिएर गठित छानबिन समिति स्रोतका अनुसारका कारबाहीका लागि सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो छन्।
डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डीएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आफू मातहतका कर्मचारीलाई आफ्नो जिम्मेवारीमा राम्रोसँग परिचालन गर्न नसकेको भन्दै पोखरेललाई सचेतका लागि सिफारिस गरिएको समिति स्रोतले बतायो । त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई भने निलम्बनका लागि सिफारिस गरिएको छ।
शरीर खानतलासी गर्न नदिएको अवस्थामा पक्राउ गरेर कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको बताईएको छ ।
प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोको हकमा भने सामान्य विभाय कारबाही हुनसक्ने बताइएको छ। त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत कारबाही गर्नका लागि सिफारिस गरिएको छ।
समितिले बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो। गत शुक्रबार दिउँसो मध्याह्न प्रहरी र अध्यामन अधिकृतबीच कुटाकुट भएको थियो।
त्यसपछि माघ १२ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend