Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित नेता विश्वकर्मालाई भारत लगेर उपचार गर्न कांग्रेसको आग्रह


    आइतबार, कार्तिक १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना संक्रमणका कारण भेन्टिलेटरमा उपचार गराइरहेका नेता मीन विश्वकर्माको उपचार गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसले नेता विश्वकर्मालाई एयर एम्बुलेन्समार्फत् दिल्ली लगेर उपचार गराउन सरकारसँग माग गरेको हो । नेपाली कांग्रेस संगठन विभागका संयोजक तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग यस्तो आग्रह गरेका हुन् ।

    उनले प्रधानमन्त्रीसँग कुरा गरेर तत्काल यस्तो निर्णय गर्न आग्रह गरेका हुन् । उनले सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री ओलीसँग कुरा गरेर यस्तो आग्रह गर्न भनेका हुन् ।

    नेता विश्वकर्माको अहिले ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।

    नेपालमा हालसम्म १ लाख ७० हजार ७ सय ४३ जनालाई कोरोना संक्रमण भएको छ । यस्तैगरी ९ सय ३७ जनाको मृत्यु भैसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार