Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगानीबोर्डका सीइओ अधिकारी बने राष्ट्रबैंकको गर्भनर


    सोमबार, चैत्र २४ २०७६
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ चैत । मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले उनलाई गभर्नर नियुक्त गरेको हो । अधिकारीको लगानीबोर्डको सीईओको पदावधि आगामी असारसम्म छ ।

     
    अर्थमन्त्री डा.युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले सीईओ अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वसचिव राजन खनालको नाम राष्ट्रबैकको गभर्नरका लागि सिफारिस गरेको हो । तीनमध्ये अधिकारीलाई सरकारले गभर्नर नियुक्त गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार