Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित


    बिहिबार, माघ ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बागमतीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका चार जना उम्मेदवार निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।

    अन्य तर्फ कांग्रेसका बस्नेतले ६५३१, महिला तर्फ कांग्रेसकै पुडासैनीले ६६२२ मतभार पाएर निर्वाचित भए । अपाङ्गतारअल्पसंख्यक तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ र दलित तर्फमा एकीकृत समाजवादीका रिजालले ६५१२ मतभार पाए ।

    नेकपा एमालेबाट अन्यमा विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङ्का ध्रुव विश्वकर्मा र अपाङ्ग क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार थिए । राप्रपाबाट अन्य क्लस्टरमा काठ्माडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार