Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने


    मंगलबार, असार १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्न लागेको हो

    बैठकमा प्रदेश सरकारले गर असार १ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले बताएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बजेटमाथिको छलफल र प्रक्रियाको कार्यसूची तयार गरेको हो ।

    प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए भने सोही दिन बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरू टेबुल गरिएको थियो ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार