Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्द गराउन भन्दै सडकमा उत्रिएका आजपाका २३ कार्यकर्ता पक्राउ


    बिहिबार, माघ ११ २०८०
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । जनकपुरबाट प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का २३ जना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    बन्द गराउँदै हिँड्ने २३ जना नेता-कार्यकर्तालाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार