ललितपुर । सेवाग्राहीको काम गरिदिने भनेर नापी कार्यालय ललितपुरका सर्भेक्षक रामवीर यादवसहित ३ जना २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीको काम गर्नका लागि घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मंगलबार कार्यालय समयपछि अपराह्न ४.२० मा कार्यालयबाटै सर्भेक्षक यादवसहित लेखापढी ब्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस लिइसकेपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
कार्यालय समय ४ बजे हो । तर सर्भेक्षक यादव कार्यालय समयपछि ४.२० बजेसम्म कार्यालयमा बसेर सेवाग्राहीसँग घुस लिएर काम गर्न तल्लीन थिए । सोही समयमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । ललितपुर नापी कार्यालयका प्रमुख उमेशकुमार साहले ती सेवाग्राहीसँग घुसको डिल गरेका थिए ।
अख्तियारको टोली कार्यालय प्रमुख साहले नै घुस मागेको सूचना पाएर गएको थियो । तर आयोगको टोली कार्यालयमा प्रवेश गर्नासाथ कार्यालय सहयोगी सावित्री बमले हतार हतार सूचना दिएपछि उनी मास्क लगाएर भागेका थिए । साहले नै सर्भेक्षक यादवलाई सेवाग्राहीसँग घुस लिएर काम गर्न निर्देशन दिएको प्रष्ट भइसकेको छ ।
कार्यालय प्रमुख साहले ललितपुर नापीमा आएपछि प्रत्येक कर्मचारीलाई दैनिक ५० हजार न्यूनतम घुस असुली गरेर बुझाउनका लागि दबाब दिएपछि कर्मचारीहरु महाभारतमा अभिमन्यू चक्रब्यूहमा परेजस्तै परेका छन् । कार्यालय प्रमुखकै टर्चरले गर्दा कर्मचारीहरु सेवाग्राहीहरुसँग असुली गर्न बाध्य भएको र अख्तियारले रामवीरलाई मंगलबार पक्राउ गरेको हो, ललितपुर नापीका एक कर्मचारीले भने ।
कार्यालय प्रमुख साहले भूमिब्यवस्था मन्त्री रन्जिता श्रेष्ठ, उनका पीए सरोज बुुढाथोकी, निजी सचिव बसन्त पुरीलाई बुझाउनुपर्छ भनेर सर्भेक्षकदेखि नापी अधिकृतहरुलाई दररेट तोकेर उठाउन निर्देशन दिएकै कारण कर्मचारी फन्दामा परेका छन् । मंगलबार पनि कार्यालय प्रमुखकै सेटिङमा सेवाग्राहीसँग घुसको मोलतोल भए पनि उनी भागेपछि सर्भेक्षक यादव र लेखापढी ब्यवसायीमात्र पक्राउ परेका छन् ।
भूमिब्यवस्था मन्त्रालयले गएको असोजमा कार्यालय प्रमुख साहहलाई धनुषा सरुवा गरे पनि उनी उच्च अदालतमा रिट दायर गरी सबैतिर सेटिङ गरी अन्तरिम आदेशका भरमा टिकिरहेका छन् । अख्तियारले २ लाख ५० हजार घुससहित नियन्त्रणमा लिएका सर्भेक्षक यादव भक्तपुर नापी कार्यालयबाट महोत्तरी भएका थिए ।
महोत्तरीबाट गएको असोजमा फेरि उपत्यकाकै ललितपुरमा सरुवा भएर आए । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्षलाई पैसा बुझाएर उनी पुनः उपत्यकामा सरुवा भएर आएका हुन् । १० लाख बुझाएर उनी पुनः उपत्यकाको ललितपुरमा सरुवा भएर आएका थिए । एकातिर कार्यालय प्रमुख साहले दैनिक ५० हजार घुस बुझाउनू भनेको र अर्कोतिर ललितपुर आउन भट्टलाई १० लाख खर्च गरेकाले त्यो उठाउन उनले सेवाग्राहीलाई पार्नुसम्म अप्ठेरो पारी घुस असुली गर्दैआएका थिए ।
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend