काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ ।
उपत्यकाका नापी कार्यालयहरुमध्ये भक्तपुर नापी कार्यालय र ललितपुर नापी कार्यालय आकर्षक कार्यालयमा मानिन्छन् । ती दुई कार्यालयमा प्रमुख नापी अधिकृतमा सरुवा हुन नापीका उपसचिवहरुबीच हरेक बर्ष अस्वभाविक चलखेल हुने गरेको छ ।
ललितपुर र भक्तपुरबाहेक चावहिल, कलंकी र डिल्लीबजार आकर्षक कार्यालय मानिन्छन् । काठमाडौं उपत्यकामा आउन चाहेका तर भनेजति अर्थ बुझाउन नसकेका नापीका उपसचिवहरु चावहिल, डिल्लीबजार र कलंकीमा पनि चित्त बुझाउने गर्छन् । त्यहाँ पनि पैसाको चलखेल हुने गर्छ तर ललितपुर र भक्तपुरमा जस्तो हुँदैन ।
एक कार्याकाल भन्दा बढी समय भक्तपुर नापीमा बसिसकेका र सधैंजसो आकर्षक ठाउँमा मात्रै खोज्ने स्वभावका प्रमुख नापी अधिकृत ज्ञानेन्द्र बिष्टले यसपटक ललितपुर नापी कार्यालयमा आउन अस्भाविक चलखेल गरिरहेका छन् ।
बिष्ट काठमाडौं उपत्यकामै २ आकर्षक कार्यालय भक्तपुर र चावहिलको कार्यालय प्रमुख भइसकेका छन् । उनी बाँकेमा सरुवा भए पनि नगएर सीमा सर्बेक्षणमा खटिएका थिए । सीमा सर्बेक्षणमा खटिएर २०८३ असारमा मात्र उनी नापी बिभागमा आएका हुन् । उपसचिव भएपछि नापी कार्यालय धनगढीको प्रमुख भएका उनी अनाकर्षक र लाभ नहुने ठाउँमा कममात्र बस्ने प्रमुख नापी अधिकृत हुन् ।
पोहोर साल बिष्टलाई तत्कालीन भूमि व्यवस्था मन्त्रालयले नापी कार्यालय बाँकेमा सरुवा गरेको थियो । त्यतिबेला नापी कार्यालय नेपालगञ्जको भवन जलेको थियो । खासै काम हुँदैनथ्यो । केही थोरै सेवामात्र बाँके नापी कार्यालयले दिइरहेको थियो । त्यसैले त्यहाँ कार्यरत प्रमुख नापी अधिकृतको त्यति कमाइ हुने अवस्था थिएन । कमाइ नआउने ठाउँमा विष्टले टेक्नै चाहेनन् । अर्थात् सरुवा भएको ठाउँमा उनी गएनन् । पावर सेटिङ गरी विष्ट पुन काठमाडौं र्फकिए । नापी विभागमा उनी सधैं राम्रो र आकर्षक ठाउँमा बस्ने कर्मचारीको रुपमा चिनिन्छन् । भक्तपुर बस्दा उनको कार्याशैली राम्रो थिएन । उनी विवादित बनेका थिए ।
यसैगरी उपत्यकाका नापी कार्यालयहरुमा सबैभन्दा कमजोर कार्यक्षमता भएका ललितपुर नापीका प्रमुख अजित कुँवर ललितपुरमै थमौती हुन अनेक जोडबल गरिरहेका छन् । उनको कार्यशैलीदेखि ललितपुरका जनता दिक्क भएका छन् ।
२०७९ सालमा नापी कार्यालय ललितपुरले ठेँचो गाउँ ब्लकको गाउँ जग्गा ब्लक दर्ता गर्न सूचना निकालेको थियो । तर अहिलेसम्म केही काम हुनसकेको छैन । सूचना निकाल्ने बेला कुँवर ललिपुरमा थिएनन् । अहिले काम गर्ने बेला भएको छ, तर कुँवरले कामको नाममा सिन्को भाँचेका छैनन् ।
स्वबासी जग्गा दर्ता गर्ने काम पनि कुँवरले गरेका छैनन् । जबकि भक्तपुर नापी कार्यालयले स्वबासीको जग्गा दर्तामात्र गरिरहेको छैन, लालपुर्जासमेत बाँडिसेकेको छ । ललितपुरमा भने २०७९ सालमै यसको सूचना निकालिसकिएको थियो । तर काम केही हुनसकेको छैन ।
यसैगरी छुट जग्गा दर्ता तथा अव्यवस्थित जग्गाको विषयमा पनि उनले केही काम गरेका छैनन् । तर लाभ हुने ठाउँमा भने उनले फायल एक घण्टा पनि अड्काउने गरेका छैनन् । ‘उहाँले धेरै राम्रो गरेको छु भनी आफ्नो बयान आफैं गर्नुहुन्छ । तर काम केही गर्नुहुन्न । लाभ हुने काममात्र गर्नुहुन्छ’ नापी कार्यालय ,ललिपुरकै एक जुनियर कर्मचारी भन्छन् ।
प्रमुख नापी अधिकृत बिष्टको काठमाडौंको नापी कार्यालयको प्रमुख हुने र कुँवरको ललितपुरको प्रमुखमा थमौती हुने दौडधूप देखेर भूमिब्यवस्था मन्त्रालयका कर्मचारीहरु ‘कसैलाई खातमाथि खात, कसैलाई पुर्पुरोमा हात’ भन्ने उखान जुन सरकार आए पनि चरितार्थ हुँदोरहेछ भन्न थालेका छन् ।
भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनमै केही नापी कार्यालयहरुमा प्रमुख नापी अधिकृतहरुको सरुवा गर्न खोजिरहेको छ । त्यसका लागि अहिले गृहकार्य भइरहेको छ । यही बेला नापीका उपसचिवहरु आकर्षक ठाउँमा जान र थमौती हुन चलखेल सुरु गरिरहेका छन् ।
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आफ्ना कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गर्न ईआरपी आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना सञ्चालन गरेको छ। यससँगै निगम नेपालमा...
काठमाडौं । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पताल अस्तब्यस्त बनेको छ । बि.स. १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको अस्पतालको ब्यवस्थापन लथालिङ्ग अवस्थामा पुगेको...
मुस्ताङ । भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको अवस्थामा संचालनमा रहेको नेपाल–चीनबीच सामान आयात निर्यात हुने मुस्ताङ भन्सार...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend