Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फर्काइयो


    मंगलबार, माघ ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फिर्ता गरेको छ । पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले जानकारी दिए ।

    भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख हमालले बताए । उनीहरू कतार, दुबई र बहराइन जान लागेका हुन् ।

    उक्त भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार