काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
माघ ७ गते बसेको बोर्डको बैठकले यो वर्षको एसईईबारे निर्णय गरेको थियो । बोर्डले यसअघि सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार चैतको पहिला साताबाट परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर, पहिला साता होली पर्व परेकाले दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २७ गते ग्रेडबृद्धि अन्तर्गतका परीक्षाहरू सञ्चालन हुनेछन् ।
परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुने बोर्डले जनाएको छ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।
एसईई दिने अपाङ्गता भएका परीक्षार्थीको सहजीकरणका लागि केन्द्राध्यक्षले सम्बन्धित विद्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
परीक्षा तालिका हेर्नुहोस्

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend