Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३३ किलो सुन प्रकरणमा जोडिएका व्यवसायी विमल पोद्दारसहित १७ जना विरुद्ध मुद्दा दर्ता


    मंगलबार, माघ ९ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

    यसअघि ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा अदालतमा मुद्दा दर्ता भएको हो ।

    उनीहरू विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेश गरेको रायसहितको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गरिएको‍ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

    पोद्दारले अर्का व्यवसायी रुपेश श्रेष्ठसँग मिलेर क्रिप्टो कारोबार समेत गरेको भेटिएको प्रहरीले जनाएको छ । सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

    यस प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ ।

    फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् ।

    यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार