Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हनी ट्रयापमा एक युवती दोषी ठहर, ६ महिना कैद


    सोमबार, माघ ८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हनी ट्रयापको कसुरमा एक युवती दोषी ठहर भएकी छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी देवी थापालाई दोषी ठहर गरेको हो ।

    ओखलढुङ्गाकी देवीलाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय सुनाइएको छ। आपराधिक लाभ कसुरमा श्यामलाल घिमिरे न्यायाधीशको एकल इजलासले थापालाई दोषी ठहर गरेको हो ।

    यसैगरी सुदर्शन थापालाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ । उनीहरुविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार