Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • १५ वर्षअघिको हत्या अभियोगमा पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अनुमति


    आइतबार, माघ ७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। १५ वर्षअघिको हत्या अभियोगमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गर्न अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो ।

    प्रहरीले ०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो । ०६५ फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जन माविमा अध्ययनरत राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

    किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार